Showing posts with label maoist party. Show all posts
Showing posts with label maoist party. Show all posts

Sunday, August 14, 2011

मावोवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र

आदरणीय अध्यक्ष महोदय,

कार्ल मार्क्सले एकपटक भनेका थिए, “सचेत नभईनजेलसम्म आवश्यकता भन्ने चिज आफैमा दृष्टिबिहिन हुन्छ। स्वतन्त्रता भनेकै त्यहि आवश्यकताको लागि चेतना हो।अध्यक्ष महोदयलाई मार्क्सका यी पंक्तिहरु यादै होलान तर पनि केवल तपाईँलाई आम नेपालीहरुका आवश्यकताहरुबारे सम्झाउन चाहन्छु, जो अहिलेको पार्टिगत राजनितिमा अल्झिरहेका छन्। ती आवश्यकताहरु शान्ति, समृद्धि तथा जवाफदेहि नेतृत्व सहितको प्रतियोगितात्मक प्रजातन्त्र हुन्। पछिल्लो दशकमा नेपालले यी मध्ये कुनै पनि क्षेत्रमा उल्लेखिय प्रगति गर्न सकेको छैन बरु स्थिति झनै खस्कदोँ छ। सत्ता लोभ भ्रष्टाचारका लागी स्थायित्वको सम्झौता हुदैछ। नेपाल अहिले यस्तो अनिश्चित अवस्थामा आईसकेको कि धेरै जसो युवाहरुलाई देशको अर्थवयवस्था प्रति नै विश्वास हुन छोडी सकेको छ।

अब जनता सभासदले एक अर्काका आँखामा हेरेर तिनमा अवस्थित भावनाहरु बुझ्ने एक अर्कालाई सम्मान गर्दै विचारहरु सुन्ने समय आईसकेको छ। तर पनि कमरेड, त्यसो हुनलाई, हामीलाई सँविधान चाहिन्छ जसले शान्ति स्थायी प्रजातन्त्र सुनिश्चित गर्छ। हामी सबैले मिलेर एउटा यस्तो वातावरण सृजना गर्नुपर्नेछ जहाँ नेपालीहरुले एक अर्कालाई सम्मान गौरबका साथमा समायोजित गर्न सक्नेछन्। यो प्रक्रियालाई सजिलो बनाउन तपाईँको भुमिका अपरिहार्य हुनेछ। हाम्रो समाज अब अति नै बिभाजित भईसक्यो। हामी मान्छेहरुलाई जात, धर्म सम्प्रदाय बर्गका आधारमा छुट्याउँछौ। अझ कहिले काँहि उनीहरुले प्रयोग गर्ने वस्तुहरु, जस्तै कुन चुरोट पिउँछन् वा कुन गाडी चलाउँछन्, त्यसैका आधारमा व्यवहार गर्छौँ। अध्यक्ष महोदय, यदि तपाईँ प्राईभेट गाडी चलाउँदै हुनुहुन्छ भने ट्राफिकले तपाईँलाई सताउने वा अझ भनौँ तपाईको गाडी रोक्ने सम्भावना पनि एकदम कम हुन्छ। कहिले देखि एउटा साधारण नेपाली यात्रीले पनि यस्तो सुबिधा पाउने?

करिब ५५% नेपालीहरु दिनको .२५ डलरभन्दा कममा गुजारा गर्न बाध्य छन्। हाम्रो प्रतिव्यक्ति आय $४९०, दक्षिण एसियाकै सबभन्दा कम छ। हाम्रा वयस्कहरुको साक्षरता प्रतिशत पनि ५९% मात्र छ। शहरीभेगमा बस्ने ५९% मान्छेले मात्र राम्रो सरसफाईको सुबिधा पाएका छन्। व्यापार सुचकका आधारमा हामी सँसारका ११६औ स्थानमा पिछेडिएका छौँ। सँसारभरका स्वतन्त्र सँगठनहरुको क्षेत्रमा काम गर्ने सँस्था, फ्रिडम हाउसले हामीलाई राजनितक तथा नागरीक अधिकारको आधारमा निकै कम दर्जा दिएको छ। हाम्रा नवजात शिशुहरुको मृत्यदर क्षेत्रकै सबैभन्दा बढि छ। औसत आयु बढेर ६३ बर्ष पुग्यो तरपनि, यो अंक, छिमेकी दक्षिण एसियाली मुलुकहरुको भन्दा कमनै छ। अध्यक्ष महोदय, हामी जति शान्ति सँबिधानबाट पछि हट्छौँ, यी समस्याहरु सामाधान गरेर नेपालीहरुको जिवनस्तर उकास्न हामीलाई त्यतिनै बढि समय लाग्नेछ। अध्यक्ष महोदय, हामी सबैलाई थहा , तपाईँ यी तथ्यहरुलाई बदल्न सक्नुहुनछ त्यसका लागि शान्ति सँबिधानको पक्षमा दरिलो सकारात्मक कदम चाल्नुपर्ने हुन्छ।

शहरमा अहिले शत्ता शक्तिको चर्चा छ। मानिसहरुलाई लागेको कि माओवादिको लागी शत्ता शक्ति माध्यम हैन बरु लक्षय भएको छ। उनीहरुले सोच्न थालेका छन् माओवादिहरुले गरेको क्रान्ति अर्को अधिनायकवाद लाद्न पो रहेछ। त्यसैले अध्यक्ष महोदय, हामी तपाईँलाई बिनम्रतापुर्वक अनुरोध गर्दछौँ यो शहरलाई गलत साबित गरिदिनुहोस्। महोदय, हामीलाई भनिएको थियो पार्टिहरु कि बामपन्थि (लेफ्टिस्ट-देब्रे विचारधारा) कि दक्षिणपन्थि (राईटिस्ट- दाहिने विचारधारा) हुन्छन्। तर यस्तो लाग्छ कि यहाँ केबल माथिल्लो-विचारधारा पार्टि तल्लो-विचारधारा पार्टिछन्। माथिल्लोजस्ले समृद्धि, स्वतन्त्रता प्रजातन्त्रको वकालत गर्छ। तल्लोजसले कमिलाको उफ्राई जस्तै गरी सम्पुर्णतावादको एकोहोरो वकालत गर्छ यहि वर्गका पार्टिहरु चाँहि हाम्रो भुमिमा बर्षौँ देखी फस्टाईरहेका छन्। त्यसैले हामी नेपालीहरुको लागी एउटै मात्र उपाय भनेको माथि तिर हेरेर आफुलाई विश्वास दिलाउनु हो कि माओवादीको लागी शक्ति भनेको बहुदलीय प्रजातन्त्र, आर्थिक विकास, समानता, सुरक्षा सारा नेपालीहरुका लागी खुशी दिलाउने माध्यम हो कि आफु आफ्ना लडाकूहरुकोलागि मात्र

समयले तपाईँलाई आफ्नो पार्टीगत राजनिति भन्दा माथि उठेर राष्ट्रको नेता बन्न निम्तो दिएको छ। यसो गर्न सक्नुभयो भने तपाईँले नेपालीहरुको मन मष्तिष्क माथि मात्र हैन ईतिहास माथि पनि विजय प्राप्त गर्न सक्नु हुनेछ।

त्यसकारण कृपया अविश्वासको वातावरण, सत्ता प्रतिको लालच, विदेशीहरुका मँहगा भोज व्यापारिक स्तरका हवाईजहाज टिकट आदिले बुनेको जालोलाई फुकाएर नेपाली जनताको चासो हितको निम्ति केहि ठोस कदम चाल्नहुन अनुरोध गर्दछौँ। हामीलाई थहा , अहिलेको राजनितिक मोडमा यो बाटो रोज्न धेरै मुश्किल , तर हामीलाई यो पनि विश्वास कि सफल क्रान्तिकारीको लागी एउटा चुनौती भन्दा महत्वपुर्ण कुरा अरु बिरलै होला।

सही निर्णय गर्न सक्ने ढृढताको लागी तपाईलाई शुभकामना सहित,

हामी नेपाली जनता

Nepal unites to press for accountability and honesty from the UCPN-Maoists

As the largest party in the Constitutional Assembly, the Maoists have a legal and moral responsibility to conclude the peace process. This event is created to pressurize the Maoists Party to make concrete progress in peace and constitution.

However, we are not only soliciting the Maoists Party’s response – honesty and commitment to the priorities on hand. After the first silence protest in Paris Danda, we will move to protest in front of the Congress Party headquarter in Sanepa on Aug 18, Thursday. Then our movement will move to UML office, Madhesi Parties offices, and so on – maybe even go to the personal door steps of the senior politicians who are clearly THE obstacle. Stay tuned for more information on where next, exactly, but for NEXT WEEK this is the plan -

• Sunday, Aug 14, 4:00 – 5:00 pm: UCPN- Maoist party headquarter, Paris Danda, Koteshwor
• Thursday, Aug 18, 4:00 – 5.00 pm: NC party headquarter, Sanepa

We are using our SILENCE to make our voice heard loud and clear – placards, banners, Nepali flags, and letters. These will do our talking for us.

This is the letter addressed to Chairman Dahal that we will hand over after the protest: http://www.facebook.com/no​te.php?note_id=26986507303​0863

For more information: www.facebook.com/nepalunit​es

Recommend