Monday, August 22, 2011
गर्न खोज्दा यहाँ के नहुने रहेछ त! -सागर प्रसाईँ
Apathy
Thursday, August 18, 2011
Open Letter to Sushil Koirala
जवाफ चाहियो हामीलाई
Sunday, August 14, 2011
मावोवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र
आदरणीय अध्यक्ष महोदय,
कार्ल मार्क्सले एकपटक भनेका थिए, “सचेत नभईनजेलसम्म आवश्यकता भन्ने चिज आफैमा दृष्टिबिहिन हुन्छ। स्वतन्त्रता भनेकै त्यहि आवश्यकताको लागि चेतना हो।“ अध्यक्ष महोदयलाई मार्क्सका यी पंक्तिहरु यादै होलान तर पनि म केवल तपाईँलाई आम नेपालीहरुका आवश्यकताहरुबारे सम्झाउन चाहन्छु, जो अहिलेको पार्टिगत राजनितिमा अल्झिरहेका छन्। ती आवश्यकताहरु शान्ति, समृद्धि तथा जवाफदेहि नेतृत्व सहितको प्रतियोगितात्मक प्रजातन्त्र हुन्। पछिल्लो दशकमा नेपालले यी मध्ये कुनै पनि क्षेत्रमा उल्लेखिय प्रगति गर्न सकेको छैन बरु स्थिति झनै खस्कदोँ छ। सत्ता लोभ र भ्रष्टाचारका लागी स्थायित्वको सम्झौता हुदैछ। नेपाल अहिले यस्तो अनिश्चित अवस्थामा आईसकेको छ कि धेरै जसो युवाहरुलाई देशको अर्थवयवस्था प्रति नै विश्वास हुन छोडी सकेको छ।
अब जनता र सभासदले एक अर्काका आँखामा हेरेर तिनमा अवस्थित भावनाहरु बुझ्ने र एक अर्कालाई सम्मान गर्दै विचारहरु सुन्ने समय आईसकेको छ। तर पनि कमरेड, त्यसो हुनलाई, हामीलाई सँविधान चाहिन्छ जसले शान्ति र स्थायी प्रजातन्त्र सुनिश्चित गर्छ। हामी सबैले मिलेर एउटा यस्तो वातावरण सृजना गर्नुपर्नेछ जहाँ नेपालीहरुले एक अर्कालाई सम्मान र गौरबका साथमा समायोजित गर्न सक्नेछन्। यो प्रक्रियालाई सजिलो बनाउन तपाईँको भुमिका अपरिहार्य हुनेछ। हाम्रो समाज अब अति नै बिभाजित भईसक्यो। हामी मान्छेहरुलाई जात, धर्म र सम्प्रदाय र बर्गका आधारमा छुट्याउँछौ। अझ कहिले काँहि त उनीहरुले प्रयोग गर्ने वस्तुहरु, जस्तै कुन चुरोट पिउँछन् वा कुन गाडी चलाउँछन्, त्यसैका आधारमा व्यवहार गर्छौँ। अध्यक्ष महोदय, यदि तपाईँ प्राईभेट गाडी चलाउँदै हुनुहुन्छ भने ट्राफिकले तपाईँलाई सताउने वा अझ भनौँ तपाईको गाडी रोक्ने सम्भावना पनि एकदम कम हुन्छ। कहिले देखि एउटा साधारण नेपाली यात्रीले पनि यस्तो सुबिधा पाउने?
करिब ५५% नेपालीहरु दिनको १.२५ डलरभन्दा कममा गुजारा गर्न बाध्य छन्। हाम्रो प्रतिव्यक्ति आय $४९०, दक्षिण एसियाकै सबभन्दा कम छ। हाम्रा वयस्कहरुको साक्षरता प्रतिशत पनि ५९% मात्र छ। शहरीभेगमा बस्ने ५९% मान्छेले मात्र राम्रो सरसफाईको सुबिधा पाएका छन्। व्यापार सुचकका आधारमा हामी सँसारका ११६औ स्थानमा पिछेडिएका छौँ। सँसारभरका स्वतन्त्र सँगठनहरुको क्षेत्रमा काम गर्ने सँस्था, फ्रिडम हाउसले हामीलाई राजनितक तथा नागरीक अधिकारको आधारमा निकै कम दर्जा दिएको छ। हाम्रा नवजात शिशुहरुको मृत्यदर क्षेत्रकै सबैभन्दा बढि छ। औसत आयु बढेर ६३ बर्ष त पुग्यो तरपनि, यो अंक, छिमेकी दक्षिण एसियाली मुलुकहरुको भन्दा कमनै छ। अध्यक्ष महोदय, हामी जति शान्ति र सँबिधानबाट पछि हट्छौँ, यी समस्याहरु सामाधान गरेर नेपालीहरुको जिवनस्तर उकास्न हामीलाई त्यतिनै बढि समय लाग्नेछ। अध्यक्ष महोदय, हामी सबैलाई थहा छ, तपाईँ यी तथ्यहरुलाई बदल्न सक्नुहुनछ र त्यसका लागि शान्ति र सँबिधानको पक्षमा दरिलो र सकारात्मक कदम चाल्नुपर्ने हुन्छ।
शहरमा अहिले शत्ता र शक्तिको चर्चा छ। मानिसहरुलाई लागेको छ कि माओवादिको लागी शत्ता र शक्ति माध्यम हैन बरु लक्षय भएको छ। उनीहरुले सोच्न थालेका छन् माओवादिहरुले गरेको क्रान्ति त अर्को अधिनायकवाद लाद्न पो रहेछ। त्यसैले अध्यक्ष महोदय, हामी तपाईँलाई बिनम्रतापुर्वक अनुरोध गर्दछौँ यो शहरलाई गलत साबित गरिदिनुहोस्। महोदय, हामीलाई भनिएको थियो पार्टिहरु कि त बामपन्थि (लेफ्टिस्ट-देब्रे विचारधारा) कि त दक्षिणपन्थि (राईटिस्ट- दाहिने विचारधारा) हुन्छन्। तर यस्तो लाग्छ कि यहाँ त केबल “माथिल्लो-विचारधारा पार्टि” र “तल्लो-विचारधारा पार्टि” छन्। “माथिल्लो” जस्ले समृद्धि, स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्छ। “तल्लो” जसले कमिलाको उफ्राई जस्तै गरी सम्पुर्णतावादको एकोहोरो वकालत गर्छ र यहि वर्गका पार्टिहरु चाँहि हाम्रो भुमिमा बर्षौँ देखी फस्टाईरहेका छन्। त्यसैले हामी नेपालीहरुको लागी एउटै मात्र उपाय भनेको माथि तिर हेरेर आफुलाई विश्वास दिलाउनु हो कि माओवादीको लागी शक्ति भनेको त बहुदलीय प्रजातन्त्र, आर्थिक विकास, समानता, सुरक्षा सारा नेपालीहरुका लागी खुशी दिलाउने माध्यम हो न कि आफु र आफ्ना लडाकूहरुकोलागि मात्र ।
समयले तपाईँलाई आफ्नो पार्टीगत राजनिति भन्दा माथि उठेर राष्ट्रको नेता बन्न निम्तो दिएको छ। यसो गर्न सक्नुभयो भने तपाईँले नेपालीहरुको मन र मष्तिष्क माथि मात्र हैन ईतिहास माथि पनि विजय प्राप्त गर्न सक्नु हुनेछ।
त्यसकारण कृपया अविश्वासको वातावरण, सत्ता प्रतिको लालच, विदेशीहरुका मँहगा भोज र व्यापारिक स्तरका हवाईजहाज टिकट आदिले बुनेको जालोलाई फुकाएर नेपाली जनताको चासो र हितको निम्ति केहि ठोस कदम चाल्नहुन अनुरोध गर्दछौँ। हामीलाई थहा छ, अहिलेको राजनितिक मोडमा यो बाटो रोज्न धेरै मुश्किल छ, तर हामीलाई यो पनि विश्वास छ कि सफल क्रान्तिकारीको लागी एउटा चुनौती भन्दा महत्वपुर्ण कुरा अरु बिरलै होला।
सही निर्णय गर्न सक्ने ढृढताको लागी तपाईलाई शुभकामना सहित,
हामी नेपाली जनता
Dear Chairman Dahal
Dear Chairman,
Karl Marx once said ‘Necessity is blind until it becomes conscious. Freedom is the consciousness of necessity.” As you know the verses of Marx very well, Mr. Chairman, I just want to remind you of the common Nepali’s necessities which have been embroiled in party politics. That necessity for Nepalese is peace, prosperity, and a competitive democracy with accountable leaders. Over the last decade, Nepal has made progress in none of these areas rather it is moving towards an abyss. Stability has been compromised for power lust and corruption. Nepal is in such a precarious situation that much of our youth have lost their faith in the economy of this country.
It is time that citizens and CA look into each other’s eyes and understand the deep sentiments embedded in their sights, and begin to respect and listen to each other. Nevertheless, Comrade, for that to happen, for us to look with trust and confidence in your eye, we need a constitution that ensures peace and a stable democracy. We need to create an environment where Nepalese can accommodate and tolerate each other with respect and dignity. You are the one who can facilitate that process at this point of time. Enough of division has taken place in this society. We judge people based on their caste, creed, ethnicity, or even in terms of commodity use such as what cigarettes they smoke and what vehicle they drive. Mr. Chairman, if you drive a private car, there is very little chance of you being harassed or even stopped by a traffic police? When will Nepali commuters get a just treatment in the street?
Almost 55% of Nepalese live below $1.25 a day. Our per capita income of $490 is the lowest in South Asia. Only 59% of our adults are literate. Only 51% of people living in urban areas have access to proper sanitation. We rank 116 out of all the countries on the ease of doing business index. Freedom house, an international organization promoting free institutions worldwide, ranks us low or political rights and civil liberties. Infant mortality rates are among the highest in the region. Life expectancy at birth has gone up to 63 years, but it is still lower than in neighboring South Asian countries. Mr. Chairman, the more we digress from peace and constitution, the longer we will not attend to these issues to improve everyone’s standard of life. Mr. Chairman, we all know that you can change these facts and the first step would be to take concrete positive steps in the areas of peace and constitution.
The talk of the town is power. It seems people are convinced that for the Maoists, power is not a means, it is an end. They began the revolution in order to establish another dictatorship. We humbly request you to prove the town otherwise. Chairman, we have been told about the existence of a left- and right-wing party in Nepal. But it sounds as if there is just an “up” and a “down party”. “Up” which yearns for prosperity, freedom, democracy and “down” to the ant heap of totalitarianism. The latter has been practiced for many years on this soil. So perhaps the only way to look is to roll our eyes upward to make us believe that for Maoists power is a means to promote pluralistic democracy, economic growth, equality, security, and happiness of the citizens of all Nepal and not only their cadres. Time has called you to evolve beyond party politics and act as a statesman. This way you may not only win over Nepalese hearts and minds but you may just win over history. So please unknot the environment of mistrust, the lust for power, the hunger for foreign banquets and business class seats and start acting in the interest of Nepalese. We understand that this is a difficult path to take at this juncture of politics, but we are sure, for a successful revolutionary nothing is as enticing as challenge.
Wishing you the willpower to do what is right,
The People of Nepal
Nepal unites to press for accountability and honesty from the UCPN-Maoists
Monday, August 1, 2011
Frequently asked Questions (FAQ) about Nepal unites
A FAQ about Nepal Unites as explained by a contributor to the cause.
भाग २
अरु भिडियोहरु यहाँ http://youtube.com/nepalunites
आउनुहोस तपाई पनि सामेल हौँ देशलाई एक बनाउन। आफ्नो केहि आईडिया छ भने हामीलाई पठाउनुहोस् । इमेल हो nepalunites@gmail.com
मन परे आफ्नो वालमा सेएर गर्नु होला। धन्यवाद :)