Thursday, August 18, 2011

जवाफ चाहियो हामीलाई

- Ujwal Thapa

हे नेपाल चलाउन शासकहरु,

तपाँईहरुले शासन चलाएको केहि समय भो, कोई कोईको त ५,१० ,१५, २० बर्ष नि भैसक्यो कि ? त्यसैले अब तुरुन्तै हामी नेपाली जनतालाई केहि प्रश्नका जवाफ चाहियो।

* यदि ३ वा ४ जनाले नै सबैकुरो मिलाउने हो भने ६०१ सभासद को के काम त ?

* नेपालमा उर्जाले देशको बिकास हुन्छ भनेर चिच्चाउछौँ , अरु देशलाई नि बेच्छौँ भने आस्वाशन दिन्छौ, तर किन त्यहि जलबिधुत उद्दोग लाई दु:ख दिन्छौ, लाईसेन्स राज चलाएर भागबन्डा खोजेर? फेरि अबको जाडोमा १४ देखि १६ घण्टाको लोडसेडिङ् खेप्न त हामी जनताले?

* किन जनतन्त्र र प्रजातन्त्रको कुरा गर्छौ जब किन आफ्नै पार्टीमा आफ्नो सभासदलाई संसदमा तपाँईले भने भनेकै कुरामा मात्र सहमत हुनैपर्ने विप जारी गर्छौ?

* किन युवा देशको भविश्य हो भन्दै भाषण छाँटछौँ जब कि सबैलाई थाहा छ हामी युवा यस देशको वर्तमान हौँ ? ८२% प्रतिशत नेपालीहरु ४० बर्ष भन्दा मुनिका छौँ ।

* किन अरु देशसगँ हात जोडेर भिख माग्छौँ जब कि बैदेशिक हस्तक्षेप नै चाहाँदैनौ भने ? ( एक तिहाई नेपाली अर्थतन्त्र बैदेशिक सहायतामा चल्छ) ?

* किन बागमती अझै गनाएर देशको लाज बनेको छ जब कि बिगतका २५ बर्षमा सयौँ संस्था र कयौँ सरकारी संस्था त्यसलाई सफा गर्न लाग्या छन् र अरबौँ खर्च गरेका छन् ?

* किन पारसदर्शिताको कुरा गर्छौ जब कि आफै लुकाउछौँ आफ्नो पार्टी चलाउने स्रोत वा कसबाट चन्दा लिनु हुन्छ वा कसरी त्यो पजेरो चढ्नुहुन्छ र त्यो कार्यकर्ता पाल्नु हुन्छ?

* किन आफुले चलाएका सरकारले मान्छे गन्दैनौ बाहिर गएर काम गर्ने स्वभलम्बी नेपालीहरुलाई? उनीहरुले पठाएका पैसाले नै यो नेपाली अर्थतन्त्र धानेको छ अहिले। ( पासपोर्ट लिनेको लाईन देख्नु भा छ ? बिमानस्थलमा हने अरब जाने, आउनेहरुको बेईज्जती, लुट्ने प्रवृति भोग्नु भा छ ?)

* किन १२०० नेपालीहरु लुखुरलुखुर दिनहुँ बाहिर अरबमा काम गर्न जानु पर्ने बाध्यता छ जब कि छिमेकी भारत र चीन चाहिँ बर्षको १०% ले फडको मार्दैछन् र देश फर्किएर आएका छन्?

* किन यत्रो आन्दोलन गरेर आउनु भो त यदि गाँस, बास र कपास भन्ने नाराहरु कुनै भित्तामा सिमित राख्ने हो भने ? (महँगी खेप्नुभाछ? हरेक बर्ष १० प्रतिशत भन्दा बढिको दरले आकाशिदै छ)

* अब तपाँईहरु किन चाहियो त हामीलाई, भन्नुहोस न, किन ?

धन्यवाद है, यी प्रश्नको उत्तरहरु दिनु हुन्छ भने अपेक्षा गर्दै

…………………………

एक नेपाली (आफ्नो नाम यहाँ लेख्नुहोस)

No comments:

Post a Comment

Recommend