सकेर राष्ट्रको सबै काम, अनि मात्र थाक्न सकोस्एउटा मान्छे खोज्दैछु म, जसले देश हाँक्न सकोस्
आफ्नो जात र धर्म भन्दा, सधैँ उ माथि उठोस्
छोडेर स्वार्थ सबै, देशहितको निम्ति जुटोस्
उसले हिमाल, पहाड, तराई सबै एउटै देख्नेछ
शान्ति कायम राखी सँबिधान लेख्नेछ
ईमान्दारिताको फुल सबको मनमा फुलाउन सकोस्
रोजगारी नया बाटोहरु प्रसस्त खुलाउन सकोस्
उसको राजमा जनताले कहिले रुन नपरोस्
बलियाले कुट्ने र निर्धा कुटिने हुन नपरोस्
सकेर राष्ट्रको सबै काम, अनि मात्र थाक्न सकोस्
एउटा मान्छे खोज्दैछु म, जसले देश हाँक्न सकोस्
No comments:
Post a Comment