Saturday, May 7, 2011

PRESS RELEASE - Saturday 07 May 2011

प्रेस विज्ञप्ति

बैशाख २४ गते २०६८ काठमाडौं

“ज्याला पुरा लियौ, अव संबिधान देऊ” नेपाली सार्वभौम जनताले चलाएको एउटा अभियान हो जस्मा “नेताहरुले स्विकार्नै नसकिने गरी लामो समयसम्म पनि संबिधान दिन नसकेको र शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन नसकेको” प्रति हामी संपूर्ण नेपालीहरु आवाज उठाउन सकौं र बिरोध जनाउन सकौं।

हामी नेपाली जनता, नेताहरुले “शक्ति र पद हत्याउने उद्धेश्यका साथ” गर्ने अन्तहिन झगडाबाट वाक्क दिक्क भइसकेका छौं। यो नेताहरुको नेपाली जनादेश प्रतिको गहिरो अपमान र ‘शान्त र समृद्ध’ नेपाल बानउने नेपाली जनाताको आकांक्षा प्रतिको गहरो बिश्वासघात पनि हो। हाम्रा नीरश-नेताहरु प्रति हाम्रो आशा मरिसकेको छ, जोसंग न त भविष्यकालागि कुनै सपनानै छ न त वाचाहरु पुरा गर्ने तागत नै। हामी यी नेताहरुका भाषण-बाजी वाट थाकिसकेका छौं जसमा न त कुनै अर्थ छ न त कुनै जनसंबन्ध नै। .

पहिले नै परिणाम विहिन लामो एक वर्ष थपिईसकेको संबिधानसभाले थप निरन्तरता पाउनु पर्छ भन्नेमा हामी कुनै अर्थ देख्दैनौं। हाम्रो धैर्यको सीमा सकिइसकेको छ। सबै राजनितिक दलका नेताहरुले वारम्वार सार्वजनिक रुपमा भन्ने गरेका छन्: “हामी छोटो समयमानै संबिधान पुरा गर्न सक्षम छौं”। समय भएको छ, अव आफ्ना वाचा पुरा गर! नेपाली जनताको करको पैसा क्षुद्र राजनीतिक गतिविधिर संबिधान सभाको आयू अन्तहिन लम्बयाउने गरी दुरुपयोग गर्न छुट छैन। नेपाली जनताले सभासदहरुलाई संबिधान लेख्न चाहिने भन्दा बढि ज्याला दिईसकेका छन्। हामी अव सभासदहरुले आफ्नो जिम्मेवारी पुरा गरेको देख्न चाहन्छौं- र हाम्रो संबिधान अब हामीलाई देऊ!

“परिवर्तनका लागि हामी नेपाली एक” यो अभियान सहज-पार्ने एक नागरिक समूह हो। यो स्यमसेवी नागरिक समूह सामाजिक नेटवर्किंग प्रयोग लगायत व्यक्ति – व्यक्तिको सम्पर्कद्वारा एक अर्कामा खवर पुर्याउने गर्दछ। हाम्रो अभियान http://www.facebook.com/nepalunites छोट्टो अवधिमानै गति लिदैं ४ दिनमानै १००० भन्दा बढि जनताले अँगली सक्नु भएको छ र बिश्व भर रहेका नेपालीहरुलाई आफ्ना “समसामइक बिषयमा” रोचक विचार राख्ने मञ्च वन्न सफल भएको छ।

“जाग! उठ! वोल!, नत्र चुप लाग!” भन्ने नाराका साथ यो समूहले बैषाख २४ गते माईतीघर मण्डलामा शान्ति पूर्ण भेला आयोजना गरेको छ, ३०० भन्दा बढि नेपालीले यस अभियानमा प्रत्यक्ष भाग लिए र फेसबुकमा ११५० जनले ऐकबद्दता जनाए। हाल धेरैले मनपाराएको नारा “ज्याला पुरा लियौ, अव संबिधान देऊ” का साथ उपस्थित जनसमूदायले १५ मिनेट गोल बद्ध भई ऐक्यवद्धता देखाएका थिए। यो भेला एक आपसमा आम चिन्तका कुरा साटा-साट गर्ने र लाखौं नेपाली लाई प्रेरित गर्ने अवसर थियो, जो आगामि दिनमा हुने बिरोधका कार्यक्रमलाई लिएर उत्तिकै प्रेरित हुन चाहन्छन। यो समूह नेपाल भर यस्तै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सबैलाई प्रोत्साहन गर्दछ र अरु चेतनशिल नागरिक र नागरिक समूहसंग सहकार्य गर्ने इच्छा राख्दछ।

सम्पर्क: परिवर्तनको लागि हामी नेपाली एक

इमेल; nepalunites@gmail.com

www.facebook.com/nepalunites

No comments:

Post a Comment

Recommend